पञ्चपुरीमा कुपोषणको दर घटाउन जरुरी रहेको नगर उपप्रमुख रेग्मीको भनाइ,

19 पटक हेरिएको

१९ असार, सुर्खेत
पञ्चपुरी नगरपालिकामा स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनको लागि बालबालिकाहरूलाई कुपोषणमुक्त बनाउन जरुरी रहेको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ८ दुलालथाइमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा पोषण पुनस्र्थापना केन्द्रको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले सो कुरा बताउनुभएको हो । रेग्मीले नगर क्षेत्रको समग्र बालबालिकाको स्वास्थ्य स्थितिका राम्रो बनाउन प्रत्येक स्वयंसेविका र स्वास्थ्य संस्थाको महत्वपूर्ण भूमिका हुनेमा जोड दिनुभएको छ ।

पछिल्लो चरणमा पञ्चपुरी नगरपालिकाको विभिन्न ठाउँमा पोषण पुनसर््थापना केन्द्र सञ्चालन गरिँदै आएको छ । यसअघि पञ्चपुरी नगरपालिकाको वडा नम्बर २ को प्राथमिक स्वास्थ्य केन्द्र सालकोट र पञ्चपुरी ५ को बाबियाचौरमा रहेको स्वास्थ्यचौकीबाट सो सेवा दिँदै आएको छ ।
उद्घाटन सत्रमा बोल्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दीपककुमार थापाले पोषण पुनसर््थापना केन्द्रले समुदायमा भएका बालबालिकाको कुपोषणको अवस्था र पोषणको बारेमा यथार्थ जानकारी आउने बताउनुभएको छ । साथै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुले यस कार्यलाई थप सहज बनाई वडाको समग्र कुपोषण दरलाई घटाउनका लागि जुट्न आग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search