पञ्चपुरीको बाबियाचौरमा रहेको स्वास्थ्यचौकीमा पोषण पुनसर््थापना केन्द्र सञ्चालन

19 पटक हेरिएको

१८ असार सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आजदेखि पोषण पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ । पञ्चपुरी ५ मा रहेको स्वास्थ्यचौकी बाबियाचौरमा केन्द्र सञ्चालनमा आएको हो । पोषण पुनर्स्थापना केन्द्रबाट बालबालिकाहरूको पोषणको अवस्था र पोषण सम्बन्धी विभिन्न सचेतनामूलक सन्देश प्रवाह समेत हुनेछ । यसअघि पञ्चपुरी नगरपालिका वडा नम्बर २ को प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा पोषण पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ, भने अब लगत्तै पञ्चपुरी ८ को सामुदायिक स्वास्थ्य इकाईमा पनि सञ्चालन गरिने भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा पोषणको अवस्थाबारे जानकारी लिने गरेको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । साथै उहाँले नगरपालिकामा बालबालिकाको पोषणको अवस्था पत्ता लगाई आगामी दिनमा यस विषयमा कार्यक्रम सञ्चालन गरिने समेत बताउनुभएको छ । स्वास्थ्यचौकी बाबियाचौरका इन्चार्ज सिद्धराज रेग्मीले सञ्चालन गरेको कार्यक्रम स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...