मन्त्री भएको १ महिना मै गाउँ गाउमा स्वास्थ्य शिबिर सञ्चालन,

पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । मन्त्री भएको १ महिना भित्र सामाजिक विकास मन्त्री यज्ञबहादुर बढाक्षेत्रीले विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर सञ्चालन गर्ने उद्देश्य अनुरुप सुर्खेतकाे पञ्चपुरी बाट शिविर सुरु गरेका छन ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले तत्कालका लागि पाक्षिक रुपमा विशेषज्ञ सेवा सुरु गरेको हो । बिशेषज्ञ सहितको सेवा सुरु भए संगै बराहताल, पञ्चपुरी, चौकुने गाउँपालिका लगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दाहरु लाभान्वित भएका छन् । बराहताल बुढाक्षेत्रीकाे अाफ्नै निर्वाचन क्षेत्र समेत हाे ।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पदम गिरी र डा. रवीन केसीले पश्चिम सुर्खेतका क्षेत्रका ५५ जना स्थानीयको चेकजाँच गरेका छन । विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीहरुलाई एक्सरे, ल्याव सहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो ।

मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले पश्चिम सुर्खेत स्वास्थ्यका दृष्ट्रिकोणले पछाडी रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताए । शिबिरमा अाएका बिरामीहरुले मन्त्री बुढा क्षेत्रीले गरेकाे कामकाे प्रशंसा समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...