चाैकुनेमा संयुक्त बजार अनुगमन,

जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको अगुवाइ तथा चाैकुने गाउँपालिका सुर्खेतको समन्वयमा सयुक्त बजार अनुगमन गरिएको छ ।टोलीले चाैकुने गाउँपालिकाकाे गुटु र बिजाैरा बजारमा रहेका विभिन्न खाद्य तथा किराना पसलहरुको अनुगमन गरेकाे हाे । ।

अनुगमन जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कार्यालय प्रमुख भेष बहादुर थापा, उपभाेक्ता अधिकार मञ्च सुर्खेत, चाैकुने गाउँपालिका, इलाका प्रहरी कार्यालय गुटुका प्रतिनिधिहरु समेतको टोलीबाट बजार अनुगमनको कार्य सम्पन्न गरिएको हाे ।

बजार अनुगमनका क्रममा वस्तुको लेवल हेरेर मात्र खरिद विक्री गर्ने, मूल्यमा एकरुपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामाग्री भएमा छुट्टै राखी नष्ट गर्ने, दर्ता नभएका पसलहरु अविलम्व दर्ता गर्ने, पसलहरुले सरसफाइमा विशेष ध्यान दिने जस्ता सुझाव दिइएको छ ।

बजार अनुगमनको क्रममा म्याद नाघेका विभिन्न खाद्य सामाग्रीहरु (भुजा, मैदा, सुजी, सब्जी मसला, दालमाेट, मटर आदि) बरामद गरी अनुगमन टाेलीका सदस्यहरुको उपस्थितिमा चाैकुने गाउँपालिकामा जलाई नष्ट गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको फेसबुक बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...