कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटी निवासी पत्रकार लिलाजङ्ग शाहिका आफ्ना जुम्ल्याहा छोरा गणेश बिक्रम शाही र गोबिन्द शाहीको २० औ जन्म उत्सवको अवसरमा चरैला नदिले बर्सेनि कटान गर्दै आएको लम्किचुहा ६ पिपरकोटिको उच्च जोखिम क्षेत्रमा बृक्षा रोपन गरिएको छ ।
उमेर अनुसार प्रतिब्यक्ती २०/२० का दरले ,लहरे पिपल,बकाइनो, साल, पिल्टिस, बास लगायतका ४० वडा बिरुवा रोपिएको छ। बिरुवा सव डिभिजन बन कार्यलय लम्किले उपलब्ध गराको थियो ।
पत्रकार शाहिले छोराहरुको जन्म दिवसमा बिगत ९ बर्ष देखि नदि कटान क्षेत्रमा बृक्षा रोपन गर्दै आउनु भएको छ। बृक्षा रोपन स्व. मलय बम्म स्मृति अध्यक्षयन प्रर्तिस्ठान नेपालका अध्यक्ष सुरेन्द्र बहादुर शाही ,सदस्य ,,जगत बहादुर शाहि र कमला देवि शाही लगायतको उपस्थिति रहेको थियोे ।