१५ असार, सुर्खेत ।
पञ्चपुरी नगरपालिकाकाे बिद्यापुरमा २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ। मिलिजुली साना किसान कृषि सहकारी संस्था लिमिटेड पञ्चपुरी ९ को आयोजनामा कार्यक्रम गरिएको हो । असार १५ मा दही चिउरा खाने परम्परा सहित धान रोप्ने सांस्कृतिक एवं कृषि प्रधान पर्व मनाउने गरिन्छ ।
राष्ट्रिय धान दिवसको पर्वमा दही चिउरा परिकार परम्परागत रूपमा असार १५ मा खाने चलनले कृषकहरूमा सहनशक्ति दिने विश्वास गरिएको छ । धान रोप्ने कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारी उपप्रमुख मुक्ति रेग्मी पूर्व नगर प्रमुख उपेन्द्रबहादुर थापा लगायत राजनीतिक दलका प्रतिनिधि समेतको सहभागिता रहेको थियो ।













