कृषक समूह तथा सहकारीका सदस्यहरूलाई स्थलगत घुम्ती तालिम प्रदान,

18 पटक हेरिएको

१५ असार सुर्खेत
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुर्खेतको आयोजनामा एक दिने बाली वस्तु विशेष स्थलगत घुम्ती तालिम आज बराहतालमा सम्पन्न भएको छ । तालिममा कृषक समूह सहकारी संस्थाका प्रतिनिधि गरी २५ जनाको सहभागिता रहेको थियो । तालिममा कृषक समूह, सहकारीका पदाधिकारीहरूलाई तरकारी खेती, प्रविधि, रोग किरा, नर्सरी व्यवस्थापन, विभिन्न बाली तथा तरकारीका जातहरू लगायत मल विषादी आदिको बारेमा जानकारी दिएको छ ।
कृषकहरूलाई बालीनालीमा आइपर्ने समस्या लाई समाधान गर्नको लागि तालिमले विशेष भूमिका निर्वाह गर्ने भएको छ । तालिममा बाली संरक्षण विज्ञ वेदप्रसाद चौलागाईं, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय सुर्खेतका प्रमुख पुष्पराज पौडेल, परियोजना व्यवस्थापन खुमलटारका योजना विकास अधिकृत विकास पौडेल, परियोजना कार्यालय सुर्खेतका नाप्रस मिना थापा लगायतले सहजीकरण गर्नुभएको थियो । परियोजनाले पञ्चपुरी, बराहताल र चौकुनेका विभिन्न समूहका कृषकहरूलाई कृषि सम्बन्धी घुम्ती तालिम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...