पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा कोल्ड सेन्टर सञ्चालनमा आएको छ । प्रकाश कडेलले सञ्चालनमा ल्याएको कोल्ड स्टोरको आज उद्धाटन गरिएको छ । १० लाख लगानीमा तयार भएको कोल्ड स्टोरमा तरकारी तथा फलफुल संकलन गरिने भएको छ ।
समुदायका कृषकले उत्पादन गरेका तरकारी नियमित खरिद गरि सेन्टरमा राखिने कडेलले जनाएका छन । यसबाट कृषकहरुलाइ समेत थप राहत पुग्ने समेत उनले बताएका छन ।