धान दिवसका अवसरमा कर्णालीमा सार्वजनिक विदा

कर्णाली प्रदेशमा सरकारले धान दिवसका दिन भोलि सार्वजनिक विदा दिएको छ ।

असार १५ गते भोलि देशभर धान दिवस मनाइँदैछ । प्रदेश मन्त्रिपरिषदको बैठकले दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

जुम्लावाहेकका ९ जिल्लाका सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा विदा दिइने निर्णय भएको प्रदेश आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...