सुर्खेतकी चेली गरिमाको “अन्त नभने ” गितले दर्शक श्रोताको मन जित्दै, ( भिडियो सहित )

309 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिका ९ विद्यापुर घर भएकी गरिमा कार्कीको गितले बजार तताएको छ । गायिका गरिमा कार्कीको अन्त नभने मुसुक्क हासिदेउ माया छ भने गित बजारमा सार्वजानिक भए संगै चर्चामा आएको छ । विक्रम परियार युटुव च्यानलबाट सार्वजानिक भएको गित १० दिनमै २ लाख ६० हजार बढि दर्शकले रुचाएका छन ।

नेत्र अर्यालको शव्द लेखन, नन्दु परियारकाे संगित तथा कलाकार विक्रम परियार र गरिमा कार्कीको स्वर रहेको गितमा सागर लम्साल (बले) र गिता ढुंगानाको मुख्य अभिनय रहेको छ ।

लामो समय कलाकारीता क्षेत्रमा संघर्ष गर्दै आएकी गरिमाले तयार गरेको गित अहिले सबै जनाको जिब्रोमा झुण्डीएको छ । करिब ७ बर्ष देखि कलाकारीता संघर्ष गरेकी कार्कीको गित अहिले बजारमा चर्चा बटुले संगै संघर्ष र मेहनतको फल प्राप्त भएको आभास गरेकी छन ।

सानै उमेर देखि गित संगितमा रुचि राख्ने गरिमाको कलाकारिता क्षेत्रबाट प्रगति गर्ने रहेको छ । उनले छोटो समयमै दर्शक र श्रोताले गित रुचाएको र अझै थप प्रचारप्रसार गरि सहयोग गर्न सबैलाइ आग्रह समेत गरेकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...