१२ असार सुर्खेत
साईनिङ अस्पताल, पहुँच तथा समावेशीकरण परियोजना सुर्खेतको आर्थिक वर्ष २०८०÷८१ को सामाजिक लेखापरीक्षण आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको समन्वय पहुँच तथा समावेशीकरण परियोजना साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा आइएनएफ सुर्खेत अन्तर्गत पहुँच तथा समावेशीकरण परियोजनाले गरेका गतिविधिहरूको बारेमा जानकारी दिएको छ ।

परियोजनाले एक वर्षको अवधिमा पञ्चपुरी नगरपालिकामा पुनर्स्थापना सेवा मनोविमर्श तथा सहायक सामग्री सहयोग अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र रेफरल, पूर्ण पुनर्स्थापना सेवा, परिवारलाई परामर्श सेवा, अपाङ्गता भएका व्यक्तिहरूलाई तथा परिवारलाई व्यक्तिगत तथा सामुहिक परामर्श सेवा, अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री सहयोग, अपाङ्गता भएका व्यक्तिलाई टेलि परामर्श सेवा, अपाङ्गता मैत्री घर तथा शौचालय निर्माण तथा परिमार्जन व्यावसायिक तालिम सहयोग तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी परियोजनावाट सेवाग्राहीको अनुगमन सरसल्लाह र सहयोग व्यावसायिक तालिम अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका लागि पैरवी वकालत तथा समन्वय , कृषि तालिम उद्यमशीलताका लागि लाभग्राही छनौट, आयआर्जन सहयोग, बिउ पुजी सहयोग पाएका छन । परियोजनाले पञ्चपुरी नगरपालिकामा एक वर्षको अवधिमा पुरुष ७५० जना र महिला ६७२ गरी जम्मा १४५७ जना सेवा दिएको छ ।

कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले आइएनएफ सुर्खेतले पञ्चपुरी नगरपालिकामा महत्त्वपूर्ण काम गरेको र प्रशंसा योग्य रहेको समेत बताउनुभएको छ । नगरपालिकासँग साझेदारी गरेर अपाङ्गता भएका व्यक्तिहरूको घरमै पुगेर परियोजनाले गरेको सहयोगले सेवाग्राही खुसी भएको समेत उहाँले बताउनुभएको छ । त्यस्तै कार्यक्रममा नगरप्रमुख लालवीर भण्डारीले आइएनएफ सुर्खेतले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेटमा हेरफेर गर्नको लागि संस्थालाई आग्रह समेत गर्नुभएको छ । साथै उहाँले नगरपालिकाले साझेदारी गरेर काम गर्न इच्छुक रहेको हुँदा आगामी दिनमा पनि बजेट को कुरामा साझेदारी गरेर अगाडि बढ्न सकिने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा विषयगत शाखाका प्रतिनिधि वडाध्यक्षहरू जनप्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।
