कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै बस दुर्घटना,

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ।

काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ६ बजेको समयमा ना ८ ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो।

४३ जना सवार उक्त बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्राैटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...