सुर्खेतकाे पञ्चपुरी नगरपालिकाकाे नगर प्रमुखकाे कार्यकक्षमा वडा अध्यक्ष द्वारा ईन्जिनियर माथि हातपात गरिएको भनेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालमा नकारात्मक टिप्पणीकाे पञ्चपुरी नगरपालिकाकाे ध्यानाकर्षण भएको जनाएको छ ।
बिज्ञप्तीमा नगरपालिकाले सञ्चारमाध्यम बाट आएका समचारहरु आफ्नाे कार्यालय भित्रकाे आन्तरिक बिषय भएको हुदा यथार्थमा रहेर समचार बनाउन पनि नगरपालिकाले आग्रह गरेकाे छ । नगरपालिका भित्रका कर्मचारीले पाउनुपर्ने गाडी मर्मतकाे सुबिधाकाे बिषयलाई लिएर ईन्जिनियरबिच भएको छलफलका बिषयमा जनप्रतिनिधि र कर्मचारी बिच मेयरकाे कार्यकक्षमा सामान्य भनाभन भएको र हातपात नभएको प्रमुख प्रशासकीय अधिकृत राेमाकान्त पाण्डेले बताउनुभएको छ ।
बुधबार साझ सामन्य बिवादकाे बिषयलाई मिडियामा आउनु राम्रो नभएकाे समेत पाण्डेले बताउनुभयो । कर्मचारी र जनप्रतिनिधि बिच पुर्वाग्रह राखि सम्बन्ध बिगार्न समाजिक संजालमा टिप्पणी नगर्न कर्मचारी र जनप्रतिनिधि अनुशासनमा रहन पनि आग्रह गरिएको छ ।
नगरापालिकाले प्रशासनिक काम लाई कडाइका साथ अगाडि बढाउने समेत जनाएको छ । नगरपालिकामा कर्मचारी बिना जानकारी कार्यक्षेत्र छाेडेर बाहिर जाने, सेवाग्राही काे कामलाई प्राथमिकता कम दिने, सेवाग्राही सास्ती दिने गरेकाे पाईएमा आबश्यक कार्वाही गरिने समेत नगरपालिकाले जनाएको छ ।
