पञ्चपुरी नगरपालिकाकाे ११ अाै नगरसभाकाे अाज उद्घाटन गरिएको छ । नगरपालिकाकाे निति तथा कार्यक्रममा कृषिलाई प्रमुख प्राथमिकतामा राखिएको छ । नगरप्रमुख लालवीर भण्डारीले नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको छ

। नीति तथा कार्यक्रममा कृषकहरूलाई ५० प्रतिशत लागत सहभागीतामा आधुनिक कृषि अाैजार खरिद तथा प्रबिधि सहयोग गर्ने, माैरिपालन तथा बीउ खरिदमा सहयोग गर्ने कार्यक्रम रहकाे छ । त्यस्तै पशुपालनमा पनि अनुदानका कार्यक्रम सञ्चालन गर्ने याेजना रहेकाे छ । जेष्ठ नागरिकहरुकाे घरदैलोमा गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने र निशुल्क आखा उपचार गर्ने कार्यक्रम रहेकाे छ । त्यसैगरी प्रत्येक बिद्यालयमा खेलकुद मैदान निर्माण, पर्यटकिय क्षेत्रकाे संरक्षण र फाेहरमैला ब्यवस्थापन गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी नगर उपप्रमुख मुक्ति रेग्मीले नगरसभामा ८६ कराेड २० लाख ४८ हजार ६ सय ५१ रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । बजेट तथा कार्यक्रममा नगरकाे शैक्षिक गुणस्तरमा सुधार ल्याउने, दिगाे बिकासमा जाेड दिने, स्थानीय भेषभुषा तथा धर्म संस्कृतिकाे पहिचान गर्ने र शुसासन र सेवा प्रवाहमा बिशेष याेगदान पुर्याउने प्रमुख प्राथमिकतामा रहेका छन ।
