बराहताल गाउँपालिकाको ६३ करोड बजेट : मिसन रोजगारी अभियान सञ्चालन हुने

42 पटक हेरिएको

१० असार सुर्खेत । 

बराहताल गाउँपालिकाकाे गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।
बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जम्मा रु. ६३ करोड ७ लाख ४८ हजार ९९९ बराबरको बजेट प्रस्तुत गर्नुभएकाे छ ।

गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक संरक्षणलाई प्राथमिकता दिने गरी बजेट विनियोजन गरेकाे छ । गाउँपालिकाले सुशासनयुक्त गाउँपालिका बनाउने कार्यका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्नेमा जोड दिएको छ।
त्यसैगरी बराहताल गाउँपालिकाले यस वर्ष दिगो रोजगारी सिर्जना तथा प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर “मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान” सञ्चालन गर्ने भएको छ । त्यसैगरी बराहताल गाउँपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूका लागि बजेट निर्माण गरीने समेटिएको छ ।

‘एक घर एक धारा पूर्ण सरसफाई उन्मुख पालिका’ घोषणा अभियान सफल बनाउने विविध गतिविधि सञ्चालन गरिने, खरको छानामुक्त घर बनाउने अभियानलाई पूर्णता दिन सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...