पञ्चपुरी नगरपालिकाले ल्यायाे ६९ करोड ११ लाख बजेट

130 पटक हेरिएको

१० असार सुर्खेत ।
पञ्चपुरी नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०८२(०८३ का लागि बजेट सार्वजनिक गरेको छ । आज भएको नगरपालिकाको १७ औं नगर अबिधेशनमा ६९ करोड ११ लाख १५ हजार ३७० रुपैयाँको बजेट नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले सार्वजनिक गर्नुभएको हो ।
बजेटमा मुख्यगरी नगरबाट प्रवाह हुने सेवा र सुविधाको गुणस्तरमा सुधार ल्याउन उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी समयानुकूल प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने, शिक्षा क्षेत्रमा लगानी गरी नगरको शिक्षाको गुणस्तरमा गुणात्मक फड्को मार्दै गरिबी बेरोजगारी असामनाता र परनिर्भरता जस्ता समस्यालाई न्यूनीकरण गर्दै लैजाने भनिएको छ । नगर प्रमुख लालबिर भण्डारीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषिजन्य र फलफुल उत्पादनलाई विशेष प्रोत्साहन गर्दै नगरलाई आत्मनिर्भर बनाउँदै लैजाने सहभागितामूलक सन्तुलित बजेट वितरण र नतिजामुखी विकास पद्धतिको अवलोकन गर्ने नगरपालिकाको लक्ष्य राखिएको छ। त्यसैगरी दिगो विकासका लागि भौतिक पूर्वाधारको संरचना निर्माण गर्दा आधारभूत तहको पूर्वाधार निर्माणमा विशेष जोड दिने भएको छ ।
स्थानीय भेषभुषा धर्म संस्कृतिको पहिचान गरी संरक्षण र प्रवद्र्धन गर्ने नगरपालिकाबाट हुने सेवा प्रवाह संस्थागत विकास र सुशासनमा विशेष योगदान पुर्याउने नगरपालिकाको योजनामा समेटिएको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य बीमाको दायरामा समेटिने विपन्न नागरिकलाई घरबाटै बीमा गर्ने व्यवस्था मिलाउने दीर्घ रोगी र विशेषगरी उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि आधारभूत औषधि निःशुल्क वितरणको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगरपालिकाले पञ्चपुरी नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने एकवटा एक उद्दान वा खेलमैदानको नीति युवाहरूलाई प्रशिक्षणको व्यवस्था गर्ने समेत नीति कार्यक्रममा समावेश गरिएको छ । परम्परागत रूपमा स्थानीय स्तरमा सञ्चालनमा रहेका आरण सिलाई कटाई जुत्ता सिलाई डोको नाम्लो दुना टपरी बुनाइ लगायतका व्यवसायलाई प्रवर्तन गर्ने नगरपालिकाको योजना रहेको छ। फलफुल र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिइने नगरपालिकाको नीति कार्यक्रममा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...