नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ ले स्वर्गीय तप्तबहादुर बिष्टकाे शाेकमा ५ दिन आधा झण्डा झुकाउने भएको छ । वडा देखि क्षेत्र सम्मका पार्टी कार्यालय बन्द गर्ने र शाेक पुस्तिका राख्ने भएकाे छ ।
पार्टीले शाेक बक्तब्य निकाल्दै बिष्टको निधनले पश्चिम सुर्खेतमा अपुरणिय क्षेति पुगेकाे भनिएकाे छ । बिष्टकाे निधनले समग्रमा पश्चिमकाे बिकासमा बाधा पुगेको छ ।
स्व. बिष्टकाे अस्तुलाई आज क्षेत्र नं २ काे पार्टी कार्यालय बाबियाचाैरमा बिहान ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ भने दिउसाे १ बजे भेरी कर्णाली दाेभान कुइनेमा अस्तु सेलाउने कार्यक्रम रहेकाे छ ।
पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य हुदै राज्यमन्त्री भएका थिए । विष्ट २०४९ सालमा जिल्ला विकास समिति सुर्खेतको उपसभापति बनेका थिए ।
विष्ट नेपाली काँग्रेस सुर्खेतका २० वर्षसम्म नेपाली काँग्रेस सुर्खेतकाे पार्टी सभापति बनेर नेतृत्व सम्हालेका थिए । उनि सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित थिए ।