विद्याज्याेतीमा अध्ययनरत बिद्यार्थीका अभिभावकसँग अन्तरक्रिया सम्पन्न,

16 पटक हेरिएको

७ असार सुर्खेत
विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ५ बाबियाचौरले कक्षा ९ र १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र बालबालिकाको शैक्षिक अवस्थाको जानकारी दिनको लागि विद्यालयले अभिभावकहरूबीच अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयमा शिक्षकहरूले नैतिक शिक्षालाई विशेष जोड दिनपर्ने र विद्यार्थी बीचैमा कक्षा छोडेर जाने अवस्थाको बारेमा विशेष निगरानी गर्नुपर्ने जोड दिएका छन् ।

त्यसैगरी उनीहरूले बिद्यार्थीकाे पढाइको बारेमा बेलाबेलामा अभिभावकलाई जानकारी गराउनुपर्ने समेत बताएका छन् । साथै उनीहरूले विद्यालयमा बालबालिकाहरू दुर्ब्यशनीमा फस्ने बालविवाह दर बढ्ने भएको हुँदा पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापबाट पनि जनचेतना दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा विद्यालयका शिक्षकहरु लाेकेश सिंह, डम्बावर बुढा, गेहेनद्रजंग राना, दिलिप चाैधरी, तेजप्रसाद जैशीले बिद्यार्थीहरुकाे विद्यालय उपस्थिति दर र आगामी दिनमा पढाइलाई थप गुणस्तर बढाउनका लागि गर्नुपर्ने आवश्यक प्रयासका बारेमा समेत जानकारी दिएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले विद्यार्थीहरूको समस्यालाई बुझ्दै शिक्षण सिकाई गर्दै आएको र विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकको पनि महत्त्वपूर्ण भूमिका रहनेमा आफू आशावादी रहेको बताउनुभएको छ । साथै उहाँले आगामी दिनहरूमा अन्य कक्षामा अध्ययनरत बालबालिकाको अभिभावकसँग समेत अन्तरक्रिया कार्यक्रम गरिने बताउनुभएको छ । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लाेकेन्द्र रावल, वडा अध्यक्ष नगेन्द्र बहादुर शाही, वडा सदस्य, शिक्षक अभिभावक संघ लगाएतका प्रतिनिधिकाे सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...