भकारी परियोजनाको पालिका स्तरीय परियोजना समापन समारोह सम्पन्न ,

युएसएआईडीको आर्थिक सहयोग मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजनाको पञ्चपुरी नगरापालिकामा पालिका स्तरीय परियोजना समापन समारोह सम्पन्न भयो । सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना पञ्चपुरी नगपालिकाका ४ वटा वडाका १२ समुदायमा सन् २०२० अक्टोबर देखि परियोजना लागू भएको हो ।

परियोजनाले कृषि तथा पोषण, विपद् जोखिम न्युनिकरण, उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आपतकालिन प्रतिकार्य लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । भकारी परियोजना सुर्खेत जिल्लाका पञ्चपुरीका १२ वटा समुदाय, चौकुने गाउपालिकाका १२ वटा समुदाय र बराहताल गाउपालिकाका २३ वटा समुदाय गरी ४७ समुदायका ४४९४ संकटासन्न घरधुरीहरुमा लागू गरिएको थियो ।

पञ्चपुरीमा १२ वटा कृषि समूह मार्फत जिविकोपार्जन कार्यक्रम, १० वटा सिंचाई योजना निर्माण, १२ वटा सामुदायिक विपद् व्यवस्थापन समिति गठन, ६ वटा बायो इन्जिनियरि¨ कार्य र आपतकालिन प्रतिकार्य तर्फ कामका लागि नगद, मूल्य भौचर, विपद् संवेदनशील सामाजिक सुरक्षा लगायत कार्यक्रमहरु सञ्चालन गरिएको थियो र कार्यक्रममा यस नगरपालिकाका ४ वटा वडाका जम्मा १२६२ घरधुरी समेटिएका छन् ।

पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीको अध्यक्षता र मर्सिकोर नेपालका कन्ट्रीडाइरेक्टर क्रिस्टी गेटमेनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा हालसम्म भएका गतिविधिहरुको विवरण पालिकालाई हस्तान्तरण गरिएको थियो । साथै पालिकाको तर्फबाट उपप्रमुख र प्रमुखले भएका गतिविधिलाई निरन्तरता दिने र दिगो सञ्चालनका लागि सहयोग प्रतिवद्धता व्यक्त गरेका थिए । साथै यस पालिकाको समृद्धिमा टेवा दिएको भकारी कार्यक्रमको प्रशंसा गर्दै अगामी दिनमा पनि यस्तै परियोजना सञ्चालनका लागि आग्रह गरेका थिए । ५५ जनाको सहभागिता रहको सो कार्यक्रममा सेवाग्राहीले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...