नेपाली काङ्ग्रेस पञ्चपुरी को आयोजनामा स्व. नेता पुर्व सुचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । कोरोना महामारीको कारण नेता बिष्टको आज भन्दा २ बर्ष अगाडि निधन भएको थियोे ।
नगर कार्यसमितिले आज नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बाबियाचौरको प्राङ्गणमा रहेको नेता बिष्टको शालिकमा माल्यार्पण गरिएको छ । त्यस्तै पञ्चपुरी नगरपालिका ९ बिद्यापुर र पञ्चपुरी ११ मा पनि कार्यक्रम गरिएको छ । श्रद्धाञ्जली कार्यक्रममा नेपाली काङ्ग्रेसका कर्णाली प्रदेशका सह महामन्त्री उपेन्द्र बहादुर थापाले स्व. नेता बिष्टले देखाएको मार्गमा सबै जना लाग्न अनुरोध गर्नुभएको छ ।
त्यसै गरि कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले हरेक ठाउमा काङ्ग्रेसको नेतृत्व हुनु नै बिष्ट प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका नगर सभापति कृपाराम थापाले प्रत्येक बर्ष स्वामीको रुख लाई बिष्टको प्रतिमाको रुपमा सम्झने र कार्यक्रम गरिरहने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका वडा देखि प्रदेश तहका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।