लक्ष्मी लघुबित्त बित्तीय संस्था बाबियाचौरद्धारा ६५ हजार रकम हस्तान्तरण,

लक्ष्मी लघुबित्त बित्तीय सस्था बाबियाचौर शाखाद्वारा बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका ३ लामीदमारमा आज विमा वापतको रकम सहयोग गरिएको हो । केन्द्र नं. २१ समुह नं. ०२ की सदस्य तुल्सी सिजापतिलाई ६५ हजार बराबरको चेक वडा अध्यक्ष बल बहादुर रोकाया मार्फत नगद हस्तान्तरण गरिएको हो । यस अघि सिजापतीका श्रीमान् डम्बर बहादुर सिजापती मृत्यु भएको थियो । संस्थाले ५० हजार कर्जा वरावरको विमा र १५ हजार काजक्रिया वापतको रकम गरी जम्मा ६५ हजार रकम हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा संस्थाका शाखा प्रवन्धक ललिजन ऐडीले संस्थाको सेवा सुविधाको वारेमा, वित्तीय साक्षरता सम्बधी जानकारी, अहिलेको वित्तीय क्षेत्रमा देखिएको आर्थिक मन्दी तरलता तथा ब्याजदर, नेपालको अर्थतन्त्रमा लघुवित्तले खेलेको महत्वपुर्ण भुमिका आदि बारेमा जानकारी गराउनु भएको थियो ।
ऐडीले सबै ग्राहक सदस्यहरुलाई आफनो कर्जाको नियमित किस्ता तथा ब्याज बुझाई आवश्यक सहयोग गरिदिन सदस्यहरुलाई आग्रह समेत गर्नु भएको थियो । शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत रहेर यस पञ्चपुरी नगरपालिका लगायत विभिन्न ठाउंमा गठन भएका समुहमा आफना सदस्यहरुको दुःख पिडा बाढी पहिरो हावाहुरी, लगायत सामाजिक संस्थान विद्यालय, मठ, मन्दीर, कला सांस्कृतीको प्रवद्र्धन तथा विकास जस्ता विभिन्न क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...