६ असार सुर्खेत ।
नेपाली कांग्रेस सुर्खेतका पुर्व सभापति , संविधान सभाका सदस्य नेपाल सरकारका पुर्व सुचना तथा सञ्चार राज्यमन्त्री स्व .नेता तप्तबहादुर बिष्टको तेस्रो स्मृति दिवसमा आज बृक्षाराेपण गरिएको छ । नेपाली काङ्ग्रेस पञ्चपुरीकाे आयाेजनामा तप्त बिष्ट स्मृति पार्क पञ्चपुरी ११ कुईनेमा बृक्षाराेपण तथा सरसफाइ गरिएको हाे ।


नेपाली कांग्रेस पञ्चपुरीको बार्षिक कार्ययोजना अनुसार साे पार्कमा सरसफाइ गरिएको नगरसभापति कृपाराम थापाले जानकारी दिनुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सदस्य मुक्ति रेक्मी नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर रावल पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारी लगायत नेपाली कांग्रेसका नगर तथा वडाका सभापति हरू लगायत वडा अध्यक्षहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वर्गीय तप्तबहादुर बिष्टको सालिकमा माल्यार्पण गरी श्रद्धा सुमन समेत व्यक्त गरिएको छ।













