सुर्खेतकाे पञ्चपुरी नगरपालिकाकाे पर्यटन प्रबर्द्धनका लागि तयार गरिएको देउडा गित “सुन्दर पञ्चपुरी सम्पदाको खानी” काे रेकर्ड तथा छायांकनमा भएको सम्पुर्ण खर्चमा पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
पञ्चपुरीकाे बिकास, कला संस्कृति, र पर्यटकिय क्षेत्रकाे पहिचान र प्रचारप्रसार गराउनकाे लागि निर्माण भएको देउडा गित निर्माणमा भण्डारीले नगद ३ लाख ब्यक्तिगत सहयोग गर्ने बताउनुभएको छ ।
नगर प्रमुख भण्डारीले प्राकृतिक सम्पदा, साँस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्रकाे संरक्षण गर्नु सबै नागरिककाे दायित्व भएको बताउदै देउडा गित साेहि परिबेशमा निर्माण गरिएको हुदा सहयोग गरेकाे बताउनुभएको छ । याे संगै गित निर्माण पक्षले नगरपालिकाबाट गित निर्माणका लागि सम्झाैता गरिएकाे बजेट नलिने भएकाे छ । साथै भण्डारीले आफ्नाे क्षेत्रकाे प्रचारप्रसारमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।
सञ्चारकर्मी तथा पत्रकार अमर कार्कीकाे शव्द लेखन, देउडा कलाकार गाैरी भट्ट र खगेन्द्र बिश्वकर्माकाे स्वर सञ्चारकर्मी निशा कंडेल र मिनबावु बुढा क्षेत्रीकाे मुख्य अभिनय रहेको देउडा गित शनिवार सार्वजनिक भएको छ ।
करिव १५ मिनेट लामाे देउडा गितमा पञ्चपुरीकाे पर्यटकिय क्षेत्र भेरी कर्णाली दाेभान, दहताल, कुण्डलिनी गुफा, चमेरेगुफा, शिवधाम, पञ्चपुरी मन्दिर, शिवशक्ति धाम लगाएतका पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार गरिएको छ ।
त्यसैगरी कर्णाली नदिकाे पुल, भेरी पुल, शैक्षिक क्षेत्र, प्रशासनिक क्षेत्र, स्वास्थ्य, रितिरिवाज, कृषि उत्पादन, पशुपालन , कृषि हाट बजार लगाएत माैलिक पुराना सम्पदा हरुलाई भिडियोकाे माध्यबाट प्रचारप्रसार गरिएको छ । यस अघि अडियाे टिकटकमा असाध्यै रुचाईएकाे र भिडियोमा पनि धेरै जनाले प्रशंसा समेत गरेका छन ।
नगर प्रमुख भण्डारीले यस अघि पनि पञ्चपुरी ९ बिद्यापुरमा रहेकाे बिद्यापुर जनता बहुमुखी क्याम्पसमा आफ्नाे कार्यकाल अबधि भर प्रत्येक बर्ष १ लाखका दरले ब्यक्तिगत रुपमा अक्षयकोष स्थापना समेत गर्नुभएको छ ।