सुर्खेत ‘ए’ डिभिजन फुटबल लिग उपाधिका लागि काँक्रेविहार र बाबियाचौर स्पोर्टस क्लव भिड्दै

67 पटक हेरिएको
४ असार, सुर्खेत

सुर्खेत ए डिभिजन लिएको उपाधिका लागि काँक्रेबिहार क्लब र बाबियाचौर स्पोर्ट्स क्लब बिच प्रतिस्पर्धा हुने भएको छ। सेमीफाइनलमा बाबियाचौरले साथी खोर्के युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेर पहिलो पटक जिल्ला लिगको फाइनल पुगेको हो । त्यसअघि लिग चरणमा समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो । जहाँ, उसले पाँच खेलमध्ये तीनमा जित, एउटा बराबरी र एउटामा हारको नतिजा निकालेको थियो ।

फाइनल प्रवेश गर्ने अर्को टिम काँक्रेविहार क्लब लिग चरणमा समूह ‘बी’ को विजेता हो । उसले पाँचवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको थियो । सेमीफाइनलमा काँक्रेविहारले फ्रेण्डसिप युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

दुई समूहका शीर्ष क्लबबीच उपाधि प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल बुधवार दिउँसो ३ः३० बजे वीरेन्द्रनगरको कालिञ्चोक मैदानमा फाइनल खेल हुँदैछ । विजेताले ट्रफीसँगै ७५ हजार नगद पुरस्कार र मेडेल प्राप्त गर्नेछ भने द्वितिय हुनेले ३५ हजार नगद पुरस्कारसहित मेडेल प्राप्त गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...