४ असार सुर्खेत ।
ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्था लि. शाखा कार्यालय बाबियाचौरले चौकुने गाउँपालिका वडा नं ८ निवासी सदस्य स्व. लक्ष्मी देवी मगरकाे परिवारलाई १ लाख ७५ हजार विमा दावी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमकाबीच निज सदस्यको मृत्यु दावी भूक्तानी बापत निजको दायित्वमा रहेको १ लाख ५० हजार कर्जा रकम मिनाहा गरि थप काजक्रिया खर्च बापत २५ हजार गरि एकमुष्ट १ लाख ७५ हजार बराबरको बिमा दाबि भुक्तानी गरेको हो ।
सो कार्यक्रममा शाखाका प्रमुख सुरेन्द्र शाह र शाखामा कार्यरत कर्मचारी टिकाराम उपाध्यायको उपस्थिति तथा संस्थामा आबद्ध कमला देवी सिजापतिको अध्यक्षता तथा अन्य सदस्य र केहि स्थानियको उपस्थितिमा संरक्षक तथा श्रीमान् उदय बहादुर मगरलाई हस्तान्तरण गरिएको छ ।