हराइरहेका अर्का एक जनाको शव सिन्धुलीमा भेटियो,

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीमा परेर हराइरहेका अर्का एक जनाको शव भेटिएको छ । बिहान सिन्धुलीमा शव भेटिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । शव चिनियाँ नागरिकको भएको हुनसक्ने अनुमान गरिएको छ ।  यसअघि हिजो पनि एक चिनियाँ नागरिकको शव भेटिएको  थियो ।

बाढीमा तीन जना चिनियाँ नागरिक हराइरहेका थिए । अर्का एक जनाको अवस्था थाहा हुन सकेको छैन । बाढीमा हराइरहेका २० जनामध्ये दुई जनाको शव भेटिएको छ । चार जना धुलिखेलबाट सम्पर्कमा आएको भनिए पनि यसबारे औपचारिक पुष्टि भइरहेको छैन । बाढीमा हराएकाहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...