सुन्दर पञ्चपुरी सम्पदाको खानी देउडा गित सार्वजनिक,

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाकाे पर्यटन प्रबर्द्धनका लागि देउडा गित “सुन्दर पञ्चपुरी सम्पदाको खानी” आज सार्वजनिक भएको छ । पञ्चपुरीकाे बिकास, कला संस्कृति, र पर्यटकिय क्षेत्रकाे पहिचान र प्रचारप्रसार गराउनकाे लागि देउडा गित निर्माण गरिएको हाे ।
सञ्चारकर्मी तथा पत्रकार अमर कार्कीकाे शव्द लेखन, देउडा कलाकार गाैरी भट्ट र खगेन्द्र बिश्वकर्माकाे स्वर रहेकाे गितमा सञ्चारकर्मी निशा कंडेल र मिनबावु बुढा क्षेत्रीकाे मुख्य अभिनय रहेको छ ।
नगरपालिकाकाे लगानी रहेकाे करिव १५ मिनेट लामाे देउडा गितमा पञ्चपुरीकाे पर्यटकिय क्षेत्र भेरी कर्णाली दाेभान, दहताल, कुण्डलिनी गुफा, चमेरेगुफा, शिवधाम, पञ्चपुरी मन्दिर, शिवशक्ति धाम लगाएतकाे प्रचारप्रसार गरिएको छ ।
त्यसैगरी कर्णाली नदिकाे पुल, भेरी पुल, शैक्षिक क्षेत्र, प्रशासनिक क्षेत्र, स्वास्थ्य, रितिरिवाज, कृषि उत्पादन, पशुपालन , कृषि हाट बजार लगाएत माैलिक पुराना सम्पदा हरुलाई भिडियोकाे माध्यबाट प्रचारप्रसार गरिएको छ । अडियाे टिकटकमा असाध्यै रुचाईएकाे र धेरै जनाले प्रसंसा समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...