१ असार, सुर्खेत ।
सुर्खेतको बराहताल गाउँपालिकामा भएको निःशुल्क दाँत, मुख र गिजा सम्बन्धी शिविर आज सकिएकाे छ । शिविरमा १ हजार ५ सय बढि बिरामीले सेवा लिएकाे पालिकाले जनाएको छ। गाउपालिकाले सबै नागरिकलाई पायक पर्ने गरि जेठ २९ गते हरिहरपुर स्वास्थ्य चौकी रानीघाट, ३० गते तरगां स्वास्थ्य चौकी, ३१ गते लेखगाउँ स्वास्थ्य चौकी फिनिकाँडा, ३२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ६ को विउरेनी र असार १ गते कुनाथरी स्वास्थ्य चौकी बड्डीचौरमा शिविर सञ्चालन गरेको थियो । शिविरमा दाँत, मुख, गिजा सम्बन्धी परार्मश, नदुखाइ दाँत निकाल्ने, दाँत नभएको ठाउँमा कृर्तिम दाँत लगाउने, पुरा सेट दाँत लगाउने, दाँत सम्बन्धी अन्य रोगको परार्मश दिईएको थियो ।
गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले नागरिकको चासोको विषय भएकोले नागरिकहरुकै मागको आधारमा शिविर चलाईएको बताउनुभयाे । गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर कार्यक्रमहरु सञ्चालन गरिरहेको र यस अघि पनि विभिन्न स्वास्थ शिबिर सञ्चालन गर्दै आएकाे बताउनुभयो ।
लामो समयदेखि दाँत, मुख र गिजाको समस्याबाट ग्रसित बिरामीहरुले शिविरमा निशुल्क सेवा पाएका छन् । दाँत, मुख र गिजा सम्बन्धि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाएर गाउँघरमै निशुल्क सेवा लिन पाएको भन्दै सेवाग्राही नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।
