३२ जेठ सुर्खेत ।
शिद्धेश्वरी माद्यामिक विद्यालय पञ्चपुरी ८ दहसान्नेमा आज जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । आज विद्यालयमा भएको विद्यार्थीहरूको भेलाले १७ सदस्य समिति गठन गरेको छ । समितिको अध्यक्षमा क्रिष्मन तारामी चयन हुनुभएको छ। त्यसैगरी सह अध्यक्षमा झरना सुनार सचिवमा टिका दर्लामी सहसचिवमा गोविन्द बिक र कोषाध्यक्ष सृष्टि सिग्देल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा रोशन बलामी प्रशान्त बास्तोला, बिनिता बास्तोला, पूर्णबहादुर सुनार, चन्द्रिका बुढा चयन भएका छन् । त्यसैगरी कल्पना बुढा, पार्वती कार्की, कल्पना सलामी, राजु सार्की, राम नेपाली करिश्मा विश्वकर्मा र ब्रुस्ली तारामी पनि सदस्यमा रहनुभएको छ ।
त्यसैगरी भेलाले शिक्षक नायकमा ऋषिराम घिमिरे शिक्षक सह नायकमा लक्ष्मी थापा र संरक्षकमा प्रधानाध्यापक नवराज घिमिरेलाई चयन गरेको छ। कार्यक्रममा शिक्षक नायक ऋषिराम घिमिरेले जुनियर रेडक्रस सर्कलको विद्यालयमा महत्त्वपूर्ण भूमिका रहने भएको हुँदा आगामी दिनमा अनुशासनमा रही विद्यालयका गतिविधिमा जुनियर रेडक्रस लागिरहने बताउनुभएको छ।