जनता माद्यामिक विद्यालय पञ्चपुरी ९ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न,

79 पटक हेरिएको

३२ जेठ सुर्खेत ।
जनता माध्यमिक विद्यालय पञ्चपुरी ९ विद्यापुर सुर्खेतको आर्थिक वर्ष २०७९ ÷८० को सामाजिक परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोतिराज जोशीले नमुना विद्यालयलाई व्यवस्थित बनाउनको लागि सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शिक्षक र विद्यालय केन्द्रित मात्र नभई अभिभावकले पनि विद्यालयप्रति चासो दिनुपर्नेमा जोशीले जोड दिनुभएको छ ।
कार्यक्रमका विशेष अतिथि पञ्चपुरीका पूर्व नगर प्रमुख उपेन्द्र बहादुर थापाले जनता माध्यमिक विद्यालयको भौतिक प्रगति राम्रो भएको र शैक्षिक उपलब्धि बढाउनको लागि योजनाका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले विद्यालयलाई राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि नगरपालिकाले अनुगमनदेखि लिएर शैक्षिक योजना अघि सारेको बताउनुभएको छ । साथै उहाँले विद्यार्थीलाई टिकाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि समयअनुसारको शिक्षा हुन जरुरी रहेको बताउनुभएको छ ।

कार्यक्रमका सहभागी अभिभावकहरूले विद्यार्थीहरू को शैक्षिक अवस्था सुधार ल्याउनको लागि विभिन्न सुझाव समेत दिनुभएको छ । कार्यक्रममा विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख तथा पञ्चपुरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष यामबहादुर बिसी पूर्व जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल वडा नम्बर ८ का वडा अध्यक्ष दीपक थापा वडा नम्बर ९ का अध्यक्ष पूर्णप्रसाद घिमिरे वडा सदस्य लगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष रतन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...