नेकपा एमाले पञ्चपुरी नगर कमिटी आज पुनर्गठन गरिएको छ । आज बाबियाचाैरमा भएको भेलाले ८१ सदस्यीय कमिटी घोषणा गरेकाे छ ।
जसकाे अध्यक्षमा रमेश बौडेल, उपाध्यक्ष प्रकाश सलामी, सचिव कमल पौडेल, उप सचिवमा सिद्धार्थ शाही रहनुभएकाे छ ।
जिल्ला कमिटी अध्यक्ष मोहन सिंह बडुवालको प्रमुख आतिथ्यतामा कमिटीकाे घोषणा गरिएकाे प्रेम राज ढुंगानाले जानकारी दिनुभएको छ ।

भेलामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कमल कृष्ण पाैडेलकाे समेत सहभागीता रहेकाे थियोे ।
यस अघिकाे नेकपा एमाले पञ्चपुरी नगर कमिटीका अध्यक्ष मनबहादुर बि क प्रदेश कमिटीमा समेटिएपछि नगर कमिटी पुनर्गठन गरिएको श्राेतले जनाएको छ ।