दिलिप ढकाल गुर्भाकोट सुर्खेत ।
शिक्षा क्षेत्रमा शैक्षिक हबको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नमुना माबि बडाखोली ले अनाथ तथा अशाहाय बिद्यार्थी लाई निशुल्क शिक्षा दिने भएको छ। रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त दश लाख आर्थिक सहयोग बाट संचालन गर्न लागिएको उक्त कार्यक्रम मा १० जना लाई निसुल्क शिक्षा दिन लागिएको हो।
बुवा आम नभयका बिद्यार्थी लाई पहिलो प्राथामिकता दीईने र १० जनाको कोटा पुरा नभएमा बुवा वा आमा मध्ये कुनै एक नभएका लाई प्राथामिकतामा राखेर निशुल्क शिक्षा दिने ब्यबस्था मिलाईएको बिद्यालय प्रधानाध्यापक ढाल बहादुर खत्रीले जान करी दिनु भयो। छनोट भएका १० जना बिद्यार्थी लाई खान बस्न सहित सम्पुर्ण शैक्षिक गतिबिधि को ब्यबस्था बिद्यालयले मिलाउने छ।

यहि शैक्षिक सत्र ०७८/७९ बाट यो कार्यक्रम लागु गरिएको र उक्त कार्यक्रम मा सहभागी हुन आउने विद्यार्थीले आफु बशोबाश गरिरहेको वडा बाट अनाथ तथा अशाहाय भएको शिफारिश सहितको पत्र साथमा ल्याउनु पर्ने बिद्यालय प्रसाशन ले जनाएको छ। गुर्भाकोट नगरपालिका भित्रका १४ वटै वडाका अनाथ तथा अशाहाय बिद्यार्थीहरुले यो कार्यक्रम मा भाग लिन पाउने छन्। यो शैक्षिक सत्र देखि यो कार्यक्रम लागु गरिएको हो।
यो कार्यक्रम मा सम्मबेश हुने विद्यार्थीले कम्तिमा पनि विद्यालयले तोकेको समय अर्थात कक्षा ६ देखि १२ सम्म यहि बिद्यालयमा पढ्ने गरि आपशी समझदारी गर्नु पर्ने बिद्यालय ले जनाएको छ। कक्षा ६-देखि ८ सम्म साधारण धार अध्यन गर्नु पर्ने र कक्षा ९ देखि कक्षा १२ सम्म प्राबिधिक शिक्षा अध्ययन गरि विद्यालयले संचालन गरेको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत फलफुल, च्याउ तथा तरकारी खेति कुखुरा पालन लगाएत का कार्यम मा आबद्द हुन सकिने समेत बिद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीले जानकारी दिनुभयो।