३० जेठ सुर्खेत ।
खाेलामा माछा मार्ने क्रममा डुबेर १ जनाकाे ज्यान गएकाे छ । पञ्चपुरी नगरपालिका काे बाबियाचाैर ५ काे शिबधाम नजिकै रहेकाे खाेलामा माछा मार्ने क्रममा टेकराज गुरुङकाे ज्यान गएकाे छ । पञ्चपुरी ३ लामिदामारका २८ बर्षिय गुरुङकाे बिहान करिब १० बजेकाे समय डुबेर ज्यान गएकाे हाे । ईलाका प्रहरी कार्यालय बाबियाचाैर बाट गएकाे टाेलीले शवलाई पानीवाट निकालेर पाेष्टमाटमका लागि बीरेन्द्रनगर पठाएको छ ।
