बराहताल गाउँपालिकाको आयोजनामा निःशुल्क दाँतमुख गिजा सम्बन्धी शिविर सुरु

52 पटक हेरिएको

२९ जेठ, सुर्खेत ।
बराहताल गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सम्पूर्ण वडाहरूमा निःशुल्क दाँत मुख गिजासम्बन्धी रोगको निःशुल्क चेक जाँच शिविर सुरु भएको छ । बराहताल गाउँपालिकाको वडा नम्बर १ र २ का नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै हिजो रानीघाटबाट शिविर सुरुवात गरिएको छ । शिविरमा दाँत मुख गिजा सम्बन्धी रोगका बिरामीहरूले निःशुल्क सेवा लिएका छन् ।
शिविरमा गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले नागरिकको प्रमुख समस्या भनेको स्वास्थ्य स्वास्थ्य रहेको हुँदा यसलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ । व्यक्ति स्वस्थ भएपछि मात्रै समाज स्वस्थ हुने भएको हुँदा पहिलो प्राथमिकता स्वास्थ्यलाई राखिएको उहाँले जोड दिनुभएको छ ।
भण्डारीले शिविर बराहताल गाउँपालिकाका सम्पूर्ण वडाहरुमा सञ्चालन गरिने र असार १ गते गाउँपालिकामा पुरै दाँत राख्नेहरुका लागि शिविर राखिने बताउनुभएको छ । शिविरमा सहभागी बिरामीहरूले गाउँमै आएर जनताको सेवा गरेको प्रति गाउँपालिकालाई धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...