१५ बुँदे घोषणापत्र जारी गर्दै चौकुने गाउँपालिकाको प्रथम युवा सम्मेलन सम्पन्न,

23 पटक हेरिएको

२९ जेठ, सुर्खेत ।
सुर्खेतको चौकुने गाउँपालिका प्रथम युवा सम्मेलन युवा मैत्री स्थानीय तह निर्माण युवा बहस पैरवी कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै हिजो सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना राष्ट्रिय युवा परिषदको सहयोगमा गुटुमा कार्यक्रम सञ्चालन भएको हो ।
बहस पैरवी कार्यक्रममा सहभागी युवाहरूले बजेट निर्माणमा युवाहरूको सहभागिता, युवामैत्री कानुन लगायत आगामी दिनमा युवाहरूका लागि स्थानीय तहले गर्नपर्ने योजनाको बारेमा जनप्रतिनिधिहरूलाई प्रश्न गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्क विकले आगामी दिनमा युवाहरूलाई रोजगारीको वातावरण सिर्जना गर्नको लागि उद्यमलाई विशेष प्राथमिकता दिइने र कृषि क्षेत्रमा लगानी गर्नेमा जोड दिनुभएको छ । साथै उहाँले युवाहरुले व्यवसाय गर्नको लागि मागपत्र तयार गरेमा गाउँपालिकाबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाउनुभएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोलाले युवाहरूलाई खेलकुद विकास मात्र नभई अन्य सामाजिक विकृति, विसंगति र कुरितिका विरुद्ध लाग्नका लागि पनि गाउँपालिकाले पहल गर्ने बताउनुभएको छ । कार्यक्रममा चौकुने गाउँपालिका विषयगत शाखाका प्रतिनिधिहरू, वडा अध्यक्षहरू लगायतले सहभागीको प्रश्नमा जवाफ दिएका थिए । कार्यक्रममा चौकुने गाउँपालिकाका १० वटै वडाका ५० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...