दिलिप ढकाल गुर्भाकोट जेठ २८
गुर्भाकोट नगरपालिकाका विभिन्न स्थानमा साँझ पख आएको हावा हुरीले घरमा लगाएको जस्तापाता उडाएको छ। सनिबार बेलुकी करिब ६ बजे पछि आएको हावाहुरीले गुर्भाकोट नगरपालिका वडा नम्बर ६ निवासी उमा थापाको घरको जस्तापाता उडाएको र घरमा लगाएको जस्ता घरबाट करिब ५० मिटर टाढा पुरयाएको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द वली ले जानकारी दिनु भयो।
घरमा के कति क्षति भएको भन्ने एकिन नभएको तथा कुनै मानबिय क्षति पनि नभएको वडा अध्यक्ष वलीले जानकारी दिनु भयो। यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर २ मा पनि हावा हुरीले गोबर्दन वली,घनश्याम सारु,चन्द्र बहादुर ढकाल र तिलाबिर वलीको घरको जस्ता पाता सहित दारपात उडाएको गुर्भाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नोख बहादुर वलीले जानकारी दिनु भयो।
घर भित्र भएको अन्नपात लताकपडा लगाएत पानीले भिजेको को अहिले स्थानिय ले आफु सँग भएको तिर्पाल लगाएत का ओत लगाउने पलास्टिक जन्य बस्तुले भिज्न बाट बचेको अन्नपात जोगाउन लागि परेको समेत उहाले जानकारी दिनु भएको छ। साथै अन्य स्थानमा पनि हावा हुरी र पानीले क्षति पुरयाएको अनुमान गरिएको छ।