चाैकुने गाउपालिकाकाे जेठ २६ गते बसेकाे कार्यापालिका बैठकले गाउपालिका भित्र भएको भ्रष्टाचार काे बिषयमा छानबिन समिति गठन गर्ने भएको छ । गाउपालिकाले ८ अाेटा निर्णय गरेकाे छ ।
निर्णय हरु,
१.बिषयगत समिती गठन
२.बिगत पाच बर्ष भित्र गाउपालिकामा भएका अनियमितता तथा भ्रष्टाचार छानबिन समिती गठन
३.निबर्तमान जनप्रतिनिधिहरुको पाँच बर्षको खर्च बिबरण सार्बजनिक गर्ने ।
४.नवनिर्वाचित जनप्रतिनिधिको सम्पती बिबरण सार्बजनिक गर्ने र प्रत्येक एक बर्समा खर्च बिबरण समेत सार्बजनिक गर्ने ।
५.विभिन्न योजनाका ठेक्का लगि समयमा काम सम्पन्न नगरेका, गाउपालिकाको सम्पर्कमा नआएका ठेकेदार कम्पनी माथी कारबाही प्रक्रीया तुरन्त अघि बढाउने ।
६.गाउपालिकाको शिक्षा ऐन ,हेभी ईकुइप्मेन्ट संचालन ऐन लगाएत निर्माण गरिएका बिभिन्न ऐन तथा कार्यबिधीलाई आवश्यक अनुसार संशोधन गर्ने ।
७.नवनिर्मित गाउपालिकाको भवनको गुणस्तर मापन गर्ने ।
८. असुलउपर गरिनु पर्ने बेरुजु तुरन्त असुलउपर गर्ने ।