चौकुनेका ५० भन्दा बढी युवा स्वयंसेवकहरूद्वारा बजार सरसफाई,

38 पटक हेरिएको

२८ जेठ सुर्खेत ।
दिगो र तीव्र विकास चौकुनेको रहर, गुणस्तरीय शिक्षा र व्यावसायिक कृषिमा लहर, भन्ने उद्देश्य रहेको चौकुने गाउँपालिकाले युवाहरूको स्वयंसेवकीय भावनाको विकास गर्न युवा स्वयंसेवक परिचालन कार्यक्रम सुरु गरेको छ । चौकुने गाउँपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद्को सहयोगमा कार्यक्रम सुरु भएको हो ।
३ दिन सम्म सञ्चालन हुने कार्यक्रममा गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका ५० जना युवाहरूको सहभागितामा आज गुटुबजार र कार्यालय परिसर सरसफाई गरिएको छ । युवाहरूलाई स्वयंसेवकको रूपमा पनि परिचालन गर्न र समुदायको विकास गर्न युवाको भूमिका पनि महत्वपूर्ण हुने भएको हुँदा युवा स्वयंसेवक कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख टेकेन्द्र बिसीले बताउनुभएको छ ।
कार्यक्रमका सहभागी युवाहरूले गाउँपालिकाले गरेको युवाहरू प्रतिको सहयोग समन्वय प्रशंसा योग्य रहेको बताएका छन ्। साथै उनीहरूले टोल र समुदायका नागरिकहरुलाई वातावरण संरक्षण र सरसफाई सम्बन्धी सचेतनामूलक जानकारी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...