कर्णाली प्रदेश सभा सदस्य माननीय बिन्दमान बिष्टले प्रहरी तालिम केन्द्र पञ्चपुरी मै बन्ने दावी गरेका छन । अाज डाडादरा एफएम पञ्चपुरी सुर्खेतकाे डाडादरा विशेष कार्यक्रम मा बिष्टले साे कुरा बताएका हुन ।
कर्णाली प्रदेशमा हुने प्रहरी तालिम केन्द्रकाे निर्णय गर्ने अधिकार केन्द्र सरकार संग भएको हुदा कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा समाबेश गर्दैमा कुनै अर्थ नराख्ने बताएका हुन । प्रदेश सरकारकाे मातहतमा प्रहरी नभएको अवस्थामा कर्णाली सरकारले नीति कार्यक्रममा रुकुम पश्चिममा सार्ने याेजना ल्याउनु राम्राे नहुने बिष्टले बताएका छन ।
तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाही हुदा तालिम केन्द्र रुकुम पश्चिम सार्ने कुरा लाई नितिवाट हटाएको बेला फेरि यसपटक समाबेश गरेको कुरा कसैलाई थाहा नभएको बिष्टकाे भनाइ रहेकाे छ । नीति कार्यक्रम कसरी अायाे काे संग छलफल भयाे जानकारी नै नभएर संसदमा प्रस्तुत गरिएको उनले बताए ।
केन्द्र सरकारले पञ्चपुरी मै तालिम केन्द्र निर्माण गर्न प्रकृया अगाडि बढाएकाे हुदा दुबिधामा नपर्न समेत बिष्टले सबैलाई अाग्रह गरेका छन ।