पञ्चपुरी कला केन्द्रकाे नबनिर्मित भवन उद्घाटन,

पञ्चपुरी कला केन्द्र बाबियाचाैरकाे नव निर्मित भवन अाज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । स्थानीय कला सस्कृतिकाे संरक्षण गर्न स्थापना भएको केन्द्रकाे भवन कर्णाली प्रदेश सरकारकाे सहयोगमा निर्माण भएको हाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कबिराम पुरीले जग्गा दान गरेपछि पञ्चपुरी ५ काे बाबियाचाैरमा कला केन्द्रकाे २ काेठे भवन निर्माण गरिएको हाे । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले कला संस्कृति संरक्षणका लागि नगरपालिकाले निरन्तर कार्यक्रम तथा सहयोग गरेकाे बताउनुभएको छ ।

भण्डारीले अागामी याेजना तथा कार्यक्रममा पनि कला संस्कृति संरक्षणका लागि अाबश्यक बजेट बिनियाेजन गर्ने बताउनुभएको छ । कार्यक्रमकाे उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले कला संस्कृति संरक्षण र मनाेरञ्जन पनि अाधारभुत अाबश्यकता भएको बताउदै हाम्रा रितिरिवाज र परम्परालाई जिवीत राख्न अनिवार्य भएको बताउनुभएको छ ।

बिष्टले सामाजिक बिकास संग समुदायकाे बिकासकाे लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेकाे बताउनुभएकाे छ । बजेट कसलाई कसरी दिइयाे भन्दा पनि सहि सदुपयोग भयाे वा भएन त्याे कुरा महत्त्वपूर्ण भएको हुदा सबैले निगरानी र खवरदारी गर्न जरुरी रहेकाे बताउनुभएको छ । कार्यक्रममा स्थानीय देउडा, मारुनी, हुड्के नाच तथा राष्ट्रिय कलाकारकाे समेत प्रस्तुति रहेकाे थियाे । निर्माण भएको भवन बाट पञ्चपुरी राेधीघर सञ्चालन ल्याउने अायाेजकले जनाएको छ । कार्यक्रम कला केन्द्रका अध्यक्ष बिरबहादुर तारामीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...