पूर्व सूचना तथा संचार राज्यमन्त्री तथा नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति तप्तबहादुर बिष्टको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारमा लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । स्वास्थ्यमा सुधार नआएपछि बिष्टलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
कोरोना संक्रमित भएर १० दिनदेखि कर्णाली प्रदेश अस्पतालमा उपचाररत बिष्टको स्वास्थ्यमा सुधार नआएकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पतालका डाक्टर केएन पौडेलले जानकारी दिए । बिष्टलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । dullukhabar