२६ जेठ २०८१
नेकपा(माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटीको तेस्रो नगर अधिवेशन आज सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैरमा भएको भेलाले ५५ सदस्यीय नगर कमिटी गठन गरेकाे छ । भेलाले अध्यक्षमा भुपेन्द्र सिजापतीलाई चयन गरेकाे छ । त्यसैगरी उपाध्यक्षमा देबराज जैशी, सीता पाण्डे, मिलन शाही सचिवमा प्रेम बहादुर बि.क. सह- सचिवमा बिरेन्द्र बहादुर बि.सी. र कोषाध्यक्षमा पदमकलादेवी बि.क. रहनुभएकाे छ ।
भेला नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य झक बहादुर मल्लको प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय सदस्य पुष्पा घर्तीको विशेष आतिथ्यता पार्टी केन्द्रीय सल्लाहकार सदस्य भुपेन्द्र जोशी, पार्टी सुर्खेत जिल्ला समन्वय समितिका संयोजक जित बहादुर राना, सचिव टोप बहादुर दर्लामी, पार्टी कर्णाली प्रदेश समिति सचिवालय सदस्य तथा पञ्चपुरी नगर कमिटीका ईञ्चार्ज धन बहादुर बि.क., पार्टी कर्णाली प्रदेश कमिटीका सदस्य तथा चौकुने गाउँ कमिटीका ईञ्चार्ज कमरेड ईन्द्र ढकाल लगाएतकाे उपस्थितिमा सम्पन्न भएको हाे । कार्यक्रमकाे अध्यक्षता नगर कमिटी अध्यक्ष केशव शाहीले गर्नुभएको हाे ।
