टेकुकाे पेट्राेल पम्पमा विस्फाेट, २ जना घाइते

काठमाण्डाै टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । 

कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भइ काठमाण्डाैकाे कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

आज आइतवार बेलुका पाँच बजेतिर ट्याङ्की मर्मत गर्ने क्रममा ग्यास विस्फाेट भएको प्रहरीको भनाइ छ ।

ujyaaloonline.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...