बिभिन्न कार्यक्रम गरी पञ्चपुरीमा विश्व वातावरण दिवस मनाइयो,

51 पटक हेरिएको

विश्व वातावरण दिवशको अवसरमा पञ्चपुरीको बिद्यापुर, बाबियाचौर र तातापानीमा सरसफाइ गरिएको छ । जनता बहुमुखी क्याम्पस बिद्यापुर, पञ्चपुरी नगरपालिका वडा नं ९ र १० को समन्वय र टिडिएच, मेजेरियो, प्श्भ् को सहयोग आवाज संस्था सुर्खेतको साझेदारीमा पृथ्वीको संरक्षण दिगो प्रकृति मैत्री जीवनयापन भन्ने मुल नाराका साथ दिवश मनाउँदै सरसफाइ गरिएको हो ।

क्याम्पसका कर्मचारी, नव निर्वाचित जनप्रतिनिधि, बाल क्लव, युवा क्लव, महिला संजाल, स्थानीय नागरिकको उपस्थितिमा बिद्यापुरमा बजार सरसफाइ गरिएको छ । त्यस्तै वडा नं १० को पुल देखि गल्फा सम्म बिभिन्न ठाउमा फोहोर फाल्ने खाल्डो निर्माण गरिएको छ भने ६ ओटा डस्बीन समेत बितरण गरेको छ ।

वातावरण प्रदुषणले पटक पटक झाडापखाला, जुका, रुघाखोकी जस्ता प्रकोप देखिदै आएकोले सरसफाइ अनिवार्य रहेको पञ्चपुरी १० का वडा अध्यक्ष हरिप्रसाद ढकालले बताउनुभएको छ ।

आवाज संस्थाले यस अघि दिवशको अबसर पारेर पञ्चपुरीको वडा नं ५, ६, ७, ८ र ११ मा बक्तृत्वकला, वडा १ मा मन्दिर परिसरमा बृक्षारोपण, २, ३ र ४ मा सरसफाइ तथा ¥याली र कोणसभा समेत गरेको आवाज संस्थाका सामाजिक परिचालक कोकीला कठाएतले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...