विश्व वातावरण दिवसको अवसरमा पञ्चपुरीका विभिन्न स्थानमा वृक्षारोपण सम्पन्न

14 पटक हेरिएको

२३ जेठ सुर्खेत ।
विश्व वातावरण दिवसको अवसरमा पञ्चपुरी नगरपालिकाका विभिन्न स्थानमा आज वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भेरी बाबियाचौरको सहयोगमा उपलब्ध गरिएका विभिन्न प्रजातिका बिरुवाहरू वृक्षारोपण गरिएको हो । पञ्चपुरीको वडा नम्बर ४ मा रहेको वडा कार्यालय परिसरमा आज वृक्षरोपण गरिएको छ ।
त्यसैगरी विश्व वातावरण दिवसकै अवसरमा कारितास नेपालको सहयोगमा पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को गौरीशंकर आधारभूत विद्यालय र विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरमा वृक्षारोपण गरिएको छ । वृक्षारोपणमा सहभागी जनप्रतिनिधिहरूले वातावरण संरक्षण गर्न सबैको महत्व उत्तिकै रहने बताउनुभएको छ । पछिल्लो समय जलवायु परिवर्तन हुँदै गएको हुँदा वातावरण हरियाली बनाउन आवश्यक रहेको सहभागीहरुले जनाएका छन् ।
वृक्षारोपण कार्यक्रममा विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले संस्थाले गरेको काम एकदमै प्रशंसनीय रहेको र वृक्षारोपण गरिएका बिरुवाहरू संरक्षण गर्ने जिम्मेवारी विद्यालयको रहेको बताउनुभएको छ । साथै उहाँले सहयोगी सम्पूर्ण निकायलाई धन्यवाद समेत दिनुभएको छ । वृक्षारोपण कार्यक्रममा वडा कार्यालयका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, शिक्षक, बिद्यार्थी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...