कर्णालीका २ मन्त्रीको सपथ ग्रहण आइतबार हुने,

 कर्णाली सरकार सहभागी हुने २ मन्त्रीको सपथ ग्रहण आइतबार हुने भएको छ । काँग्रेस संसदीय दलको बैठकले शुक्रबार आज औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जानकारी दिएको हो ।

बिहिबार नेपाली काँग्रेस संसदीय दलले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम अनौपचारिक रुपमा सिफारिस गरेको थियो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो ।

काँग्रेस संसदीय दलको औपचारिक निर्णय ढिलो आएकोले आइतबारमात्र नियुक्ति र पद तथा गोपनियताको सपथ ग्रहण आइतबार हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...