सुर्खेतमा काठमाडौं वर्ल्ड स्कुलको नेपाल टुर कार्यक्रम हुँदै

सुर्खेत २१, जेठ । शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गर्ने भएको छ । जेठ २७ गते शनिबारका दिन वीरेन्द्रनगरको सिद्धार्थ होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो । अबको शिक्षा कस्तो हुनुपर्छ ? भन्ने विषयमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा स्कुलका चियरमेन डा. इ.मिथिलेश कुमार झा र प्रिन्सिपल केशरबहादुर खुलाल लगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ । कार्यक्रममा शिक्षाको विषयमा उहाँहरुलको प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत छ ।

काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ । जेठ २७ गते हुने सो कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको बारेमा लाभ लिनका लागि स्कुलले सबैमा अनुरोध गरेको छ । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ ।

स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ । स्कुलको पूर्वाधार र सुविधाहरूसमेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्ड स्कुलले जोड दिँदै आएको स्कुलका चियरम्यान डा.इ. मिथिलेश कुमार झाले बताउनु भयो । स्कुले जेठ २६ गते दाङ र जेठ २८ गते सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम संचालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...