जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश पञ्चपुरीमा बिभिन्न कार्यक्रम गरि सम्पन्न,

41 पटक हेरिएको

संसद्ले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको सम्झनामा आज पञ्चपुरीको बाबियाचौरमा अन्तरक्रिया तथा छलफल गरि मनाईएको छ ।
२०६८ देखी जेठ २१ का दिन जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश मनाउन सुरु भएको हो । दलितका लागि दलित आन्दोलन र ईलाका प्रहरी कार्यालयको संयुक्त आयोजना तथा पञ्चपुरी नगरपालिका को समन्वयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमका सहभागहरुले दलितहरुको क्षमता बिकासका लागि दलितहरु नै सक्रिय हुनुपर्ने बताएका छन । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले दलितहरुको क्षमता बिकासका लागि नगरपालिकाले निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नगर प्रमुख भण्डारीले दलित भित्रकै बिभेदलाई पनि दलितहरुले अन्त्य गर्न जरुरी रहेको समेत बताउनुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस सभापति कृपाराम थापा, ईलाका प्रहरी कार्यालय प्रमुख टेकबहादुर देउवा, जनप्रतिनिधि लगाएत संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियोे । प्रेम सुनारले संचालन गरेको कार्यक्रम ललित सुनारको अध्यक्षतामा सम्पन्न भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...