पञ्चपुरीले बालबालिकाहरुलाई छात्रवृत्ति र जेष्ठ नागरिकलाई बिशेष भत्ता दिने,

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाकाे पहिलाे कार्यपालिका बैठक आज विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । नगरकार्यापालिका काे पहिलाे बैठकले कक्षा १ देखि १० सम्मका असहाय, अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

नगरपालिकाले कार्यबिधि तयार गरि आगामी आर्थिक बर्ष देखि साे कार्यक्रम लागू गरिने भएको छ । समुदायका धेरै बालबालिकाहरु आर्थिक अवस्था कमजाेर भएकै कारण पढाइ छाेड्न बाध्य हुने समस्यालाई कम गर्न याे कार्यक्रमले थप सहयोग पुग्ने नगर प्रमुख लालवीर भण्डारीले बताउनुभएको छ ।

त्यस्तै नगरपालिकाले ६० बर्ष देखि माथि ६८ बर्ष सम्मका असहाय तथा साहारा बिहिन जेष्ठ नागरिकहरुका लागि बिशेष भत्ताको ब्यवस्था गर्ने समेत जनाएको छ । यसका लागि नगरपालिकाले कार्यबिधि तयार गर्ने भएको छ । त्यसैगरी नगरपालिकाले बाबियाचाैर बजार कालाेपत्रे गर्न जिम्मा लिएको ठेकेदारलाई तत्काल काम अगाडि बढाउनकाे लागि लिखित निर्देशन दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...