पञ्चपुरी नगरपालिकाको कार्यपालिका सदस्यमा कांग्रेसका ८ जना निर्वाचित,

42 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकामा आज भएको नगर कार्यपालिका सदस्य पदको चुनावका नेपाली कांग्रेसका ८ जना निर्वाचित भएका छन । कार्यपालिकाको चुनावका लागि ३ खुल्ला सदस्य र ५ निर्वाचित महिला सदस्यहरु गरि ८ पदका लागि नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच प्रतिस्पर्धा भएको हो ।

जम्मा ५७ जना मतदाता रहेकोमा ५४ ओटा मत खसेको थियो । जसमा खुल्ला सदस्यमा नेपाली कांग्रेसबाट गोर्ख कामी, देबेन्द्र राजी र भगे कामी बिजयी भएका छन । त्यस्तै महिला सदस्यमा नेपाली काङ्ग्रेसका अनिता बि क, कमला सुबेदी, कोपिला नेपाली, चन्द्रा आले मगर र भावना रावल निर्वाचित भएका छन ।

यता चौकुने गाउपालिकामा स्थानीय तहको निर्वाचनमा माओवादी–काँग्रेसबीच तालमेल भएको बेला कार्यपालिकाको चुनावमा भने माओवादी–एमालेबीच तालमेल भएको छ । आजै भएको कार्यपालिका सदस्य निर्वाचनमा २ खुल्ला सदस्य पदमा नेकपा एमालेबाट शंकर बहादुर कामी र माओवादी केन्द्रबाट उज्जीरे ढोली निर्वाचित भएका छन् भने महिला सदस्य पदमा एमालेबाट कमला देबि बि क, माओवादीबाट अम्बि बि क, पदमा बि क र हजुरा बिष्ट बिजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...